INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक धनुषा प्रतिनिधिको संयोजकत्वमा मानव अधिकार रक्षक सञ्जाल गठन

धनुषा जिल्लामा कार्यरत मानव अधिकारकर्मीहरूको भेलाबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार महराको संयोजकत्वमा २१ सदस्यीय मानव अधिकार सञ्जाल गठन गरिएको छ ।

मङ्सिर ७ गते जनकपुरमा भएको मानव अधिकार रक्षकहरूको भेलबाट इन्सेक प्रतिनिधि महरा संयोजक र थर्ड एलाइन्सका मानव अधिकार अधिकृत किरण कर्णलाई सचिवमा चयन गरिएको हो ।

त्यस्तै सदस्यहरूमा मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष दिपेन्द्र दास, जिल्ला महिला अधिकार सरोकार समूहका अध्यक्ष उर्मिला यादव, युवा अभियानका जिल्ला संयोजक अशोक साह, दलित सेवा समाजका अध्यक्ष रामो महरा, नेपाल मानव अधिकार सङ्घका अध्यक्ष मनोज सिंह दनुवार, दलित नारी समाजका प्रतिनिधि सीतादेवी राम, नेपाल परिवार नियोजन सङ्घका अध्यक्ष दिनेश शर्मा, उत्थानका अध्यक्ष नथुनी दास, नेपाल राष्ट्रिय दलित समाज सङ्घका सचिव सञ्जित मण्डल, धनुषा स्काउटका प्रतिनिधि रितेश मलिक, निलहिरा समाजका जिल्ला संयोजक प्रदिप यादव, थर्ड एलाइन्सका प्रतिनिधि वीरेन्द्र कर्ण, रश्मी कर्ण, धनुष मिडिया एण्ड रिर्सच सेन्टरका अध्यक्ष महादेव राउत, प्रेमकुमार यादव, सपोर्ट नेपालका जिल्ला संयोजक प्रकाश ठाकुर, महिला मानव अधिकारकर्मी कुमारी भारती झा र ओरेकका जिल्ला संयोजक रोजलिङ बछार रहेका छन् ।

सञ्जाल गठन लगत्तै बसेको बैठकले आउँदो मङ्सिर २५ गते मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी र दिप प्रज्वलन कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकमा राष्ट्रिय मानव अधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयका मानव अधिकार अधिकृत रेवा रेग्मीकोसमेत सहभागिता रहेको थियो ।

सञ्जालले जिल्लामा घटेका मानव अधिकार उल्लङ्घनका घटना, पीडितहरूको न्यायमा पहुँच बढाउन तथा राज्यका निकायलाई जिम्मेवार बनाउनका लागि क्रियाशील रहने जनाएको छ । साथै मानव अधिकारको अनुगमन, अनुसन्धान तथा अभिलेखीकरण कार्यलाई प्राथमिकतामा राखी पीडितमूखी कार्य गर्न अग्रसर रहने समेत जनाइएको छ ।

अन्य

भिडियो