INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका–४ रोल्पा स्थायी घर भई हाल दाङको घोराही बजार बस्दै आएका २४ वर्षीय धनराज बिकलाई प्रहरीले कात्तिक १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको र सोहीदिन राति बालिकाले यौनाङ्ग दुखेको भन्दै अभिभावकलाई भनेपछि पीडित पक्षले प्रहरीमा कात्तिक १० गते उजुरी दिएको थियो ।

प्रहरीले आरोपित बिकलाई गिरफ्तार गरी अनुसन्धान थालेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कात्तिक १० गते भयो ।

अन्य

भिडियो