१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–४ प्रसवनीका ३९ वर्षीय बद्री सदालाई गिरफ्तार गरी कात्तिक ८ गते उजुरी दर्ता गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २२ गते बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा असोज २३ गते उजुरी दिएका थिए ।
बलात्कार गरी फरार रहेका आरोपितलाई रामेछाप प्रहरीले चेकजाँचका क्रममा असोज २७ गते रामेछापको मन्थलीबाट गिरफ्तार गरी इलाका प्रहरी कार्यालय कञ्चनरूपमा बुझाएको थियो ।
पीडित बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असोज २८ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।