INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज २७ गते डाकनेश्वरी नपा–२ पातोका २० वर्षीय ओमप्रकाश साहलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २५ गते नियन्त्रणमा लिएर आफ्नो घरमा लगी बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज २६ गते उजुरी दिएकी छिन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असोज २६ गते गरिएको छ ।

गिरफ्तार आरोपितको समेत स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको एसपी राजेन्द्र विष्ट बताए । कोजाग्रत पूर्णिमासम्म अदालत बिदा भएकाले आरोपित उजुरी दर्ता भएपनि उनिविरुद्ध कात्तिक ८ गते मात्र म्याद थप हुने प्रहरीले जनाएको छ ।

अन्य

भिडियो