INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

हनुमाननगर कङ्कालिनी नपा–११ की ४० वर्षीया शान्तिदेवी मण्डललाई कथित बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय प्रमोद पण्डितलाई असोज १७ गते गिरफ्तार गरेको छ ।

कथित बोक्सी भन्दै भदौ १३ गते अमानवीय व्यवहार गरेको आरोपमा गिरफ्तार आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयले असोज १७ गते नै उजुरी दर्ता गरेको छ ।

आरोपित पण्डितसहित उनका बुवा ५० वर्षीय विष्णुदेव पण्डितले आफूलाई भदौ १३ गते कथित बोक्सीको झुठा आरोप लगाई अमानवीय व्यवहार गरेको पीडितले बताइन् ।

विष्णुदेव हालसम्म गिरफ्तार भएका छैनन् । गिरफ्तारीमा परेका आरोपितले झुठा उजुरी दर्ता गरिएको बताए ।

अन्य

भिडियो