INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका अरोपित विरुद्ध उजुरी

७० वर्षीया बृद्धालाई खडक नपा-८ मुसहर्नीयाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असोज १७ गते उजुरी दिएकी छिन् ।

पीडित महिलालाई आरोपितले असोज १६ गते बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

घटनाको जानकारी पाएपछि असोज १७ गते घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले आरोपितलाई छिट्टै गिरफ्तार गर्ने बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा असोज १७ गते गरिएको छ । फरार आरोपितको खोजी कार्य भइरहेको एसपी राजेन्द्र विष्टले बताए ।

अन्य

भिडियो