२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेवी छहरा गाउँपालिका–१ का १९ वर्षीय नातेदारलाई असोज १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज १४ गते मादक पदार्थ सेवन गरेका युवकले बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १५ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद घिमिरेले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १५ गते जिल्ला अस्पताल पाल्पामा गरियो ।