१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोटहीमाई गाउँपालिका–२ का २२ वर्षीय सागर साहन विरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।
पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १४ गते भिम अस्पताल भैरहवामा गरिएको र आरोपितको खोजी भइरहेको इन्सपेक्टर उमेश जोशीले बताए ।