INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसीक सन्तुलन ठीक नभएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–१ का ४५ वर्षीय वासुदेव परियारलाई असोज १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज १४ गते नबलात्कार गर्दै गरेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

पीडित महिलाकी २३ वर्षीया छोरीले असोज १५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा आरोपितविरूद्ध उजुरी दिएकी छन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षणका लागि असोज १५ गते नै भरतपुर अस्पताल पठाइएको चितवन प्रहरी डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

अन्य

भिडियो