INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजो नल्याएको आरोपमा परिवारका सदस्यद्वारा चरम यातना, आरोपितहरू गिरफ्तार

लुम्बिनी सांस्कृति नगरपालिका–७ भैसहियाकी २३ वर्षीया अमरावती तेलीलाई दाइजो नल्याएको भन्दै चरम यातना दिएको आरोपमा प्रहरीले पीडितका २४ वर्षीय पति गोविन्द तेली, ६५ वर्षीय ससुरा मेघा तेलीलाई असोज १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाकी ५५ वर्षीया सासू बडौली तेली फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पङ्क्टर शंकर पोखरेलले बताए ।

एक वर्ष अगाडि विवाह बन्धनमा बाँधिएकी पीडितलाई दाइजो नल्याएको निहुँमा रातदिन शारीरिक  तथा मानसिक यातना दिँदै आइरहेको र भदौ ३० गते फलामको डाडुले पीडितको सम्वेदनशील अङ्गमा डामेर घाइते बनाएका थिए । पीडित महिलाको उपचार भैरहवा मेडिकल कलेजमा भइरहेको छ ।

अन्य

भिडियो