७० वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–३ का ६४ वर्षीया विश्राम महतोलाई असोज ६ गते गिरफ्तार गरेको छ ।
पीडित एकल महिलालाई असोज ४ गते बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा पीडित आफैँले असोज ५ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको छैन ।