२२ वर्षीया गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नपा–२ का २१ वर्षीय मो. अत्ता हुसेनलाई प्रहरीले गिरफ्तार गरी असोज ४ गते उजुरी दर्ता गरेको छ ।
आरोपितले विवाहिता महिलालाई पछिल्लो पटक भदौ ५ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज २ गते उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असोज २ गते गरिएको छ । आरोपितले भने आफूमाथि झुठा उजुरी गरेको बताए ।