INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका-५ का ६५ वर्षीय चेतनारायण चौधरीलाई गिरफ्तार गरी असोज ४ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ २६ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज २ गते उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराज नपा-४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असोज २ गते गरिएको छ । आरोपितले आफूमाथि झुठा र कपोलकल्पित उजुरी दर्ता भएको बताए ।

अन्य

भिडियो