INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका २५ वर्षीय इन्दल खंगले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज ३ गते उजुरी दिएको छ ।

पीडितका बुवाले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कार घटनाको उजुरी दिएको बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असोज ३ गते गरिएको छ । फरार रहेका आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर सुजाता तुम्वाहाम्फेले बताइन् ।

अन्य

भिडियो