१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–११ का २४ वर्षीय राजु खडकालाई असोज १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ३१ बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज १ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इला प्रहरीकार्यालयका सई बाबुराम पुरीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।