INSEC Online

📅 २०८३ जेष्ठ २१

बालात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण  नगरपालिका–३ बागेश्वरी घर भई हाल सुर्यविनायक नपा–२ बालकोट रागिनीहाईट बस्ने १९ वर्षीय रञ्जित परियारलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको भनी पीडितका आफन्तले सोही दिन  महानगगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आाधारमा आरोपितलाई गिरफ्तार गरी अनुसनधान सुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखेरले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदै २७ गते त्रीविवि शिक्षण अस्पताल काठमाडौँमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो