१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२४ का ४५ वर्षीय विष्णु सापकोटालाई भदौ २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा भदौ २७ गते उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २७ गते भरतपुर अस्पतालमा गरिएको छ ।