INSEC Online

📅 २०८३ जेष्ठ २१

घटना अनुसन्धनमा ढिलाइ भएको भन्दै इन्सेकद्वारा सरोकारवालाको ध्यानाकर्षण

जिल्ला समन्वय समिति रामेछापका शाखा अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको घटनाको सत्यतथ्य सार्वजनिक हुन ढिलाइ भएको भन्दै इन्सेकले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

इन्सेक केन्द्रीय कार्यालयबाट आएको टोलीले रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र, प्रहरी प्रमुख अमरेन्द्रबहादुर सिंह, जिल्ला समन्वय समिति, कर्मचारीका पेशागत सङ्गठनका प्रमुख, परिवारका सदस्यहरूलाई भेटी घटनाको बारेमा जानकारी लिएको थियो । टोलीले सम्बन्धित निकायलाई घटनाको छिटो छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि अनुरोध गरेको थियो । सुवेदीलाई गएको भदौ ६ गते राति आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले छुरी प्रहार गरेको थियो । पीडित सुवेदीको उपचार भइरहेको छ ।

अन्य

भिडियो