INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको विहार स्थायी घर भई बुटवल उमनपा–८ बस्ने ५३ वर्षीय गोपाल भनिने मेगबहादुर कौशललाई भदौ १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले सञ्चालन गरेको आलु चिप्स फ्याक्ट्रीमा काम गर्ने महिलालाई कब्जामा लिएर भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित महिलाले भदौ १४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण  भदौ १४ गते लुम्बिनी अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो