INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवन खैरेनी नपा–८ घर भई देवचुली नपा–१७ बस्ने २८ वर्षीय विष्णु बस्नेतलाई भदौ १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते प्रहरीमा उजुरी दिएको थियो ।

घटनापछि फरार रहेका आरोपितलाई चितवनबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ ११ गते जिल्ला अस्पताल, भरतपुर चितवनमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो