१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उमनपा–११ बेलाका ६६ वर्षीय कृष्णबहादुर खडायतलाई भदौ १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १० गते साँझ बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले भदौ १२ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका, डिएसपी हिरासिंह ओलीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १२ गते सेती अञ्चल अस्पतालमा गरिएको छ ।