१६ वर्षीया बालिकालाई शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पीडित पक्षले नवलपरासी जिल्ला पालीनन्दन गाउँपालिका–४ का २१ वर्षीय बर्खु भन्ने सन्दिप पासी, सोही ठाउँका ४५ वर्षीय नरेश पासी र ४० वर्षीय सङ्गिता पासीविरूद्ध भदौ ८ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले ०७४ चैत २८ गते अपहरण गरी भारत लगेर कोठामा बन्धक बनाई बलात्कार गरेको भनी पीडित बालिकाले भदौ ८ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ८ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ । आरोपितहरू फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।