INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फेदाप गाउँपालिका–१ सिम्लेका २४ वर्षीय रामचन्द्र लिम्बु भनिने अम्बरबहादुर लिम्बुविरूद्ध पीडित पक्षले पोक्लाबाङ प्रहरी चौकीमा भदौ ८ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । सदरमुकाम म्याङलुङबाट २३ किलो मिटर टाढा फेदाप गाउपालिकाको पोक्लाबाङ प्रहरी चौकीमा उजुरी परेकाले पीडित महिलाले वडा कार्यालयमा उजुरी दिए पनि जिल्ला अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षण गर्न अझै एक दिन लाग्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए । पिडित महिलाहरूले प्रहरीमा जाहरी दिएको थाहा पाएपछि आरोपित लिम्बु भदौ ७ गते देखि फरार भएका छन् ।

अन्य

भिडियो