पत्नी र छोरीलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सिरहा गोलबजारका ४५ वर्षीय दीलिप सहनीलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरेको छ ।
दुई सातायता विराटनगर मनपा-११ स्थित माइतीघरमा बस्दै आएकी पत्नी र छोरी लिन सिरहाबाट विराटनगर आएका आरोपितले उनीहरू फर्कन नमानेको रिसमा भदौ ५ गते खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट ४५ वर्षीया पुनम सहनीको देब्रे गाला पुरै काटिएको छ । २० वर्षीया छोरीको टाउकोमा चोट लागेको र आफ्नो कुममुनि काटिएको पुनमका भाइ सन्दीप सहनीले बताए ।
आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीले बताए । घाइतेहरूको उपचार कोशी अञ्चल अस्पताल विराटनगरमा भइरहेको छ ।