१५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरसहित जिल्ला अदालत पाल्पाले साउन ३१ गते बगनासकाली गाउँपालिका–६ यम्घाका ३४ वर्षीय सुरेश नेपालीलाई ६ वर्ष कैद फैसला गरेको छ ।
न्यायाधीश शङ्कर बरालको इजलासले ६ वर्ष कैदसहित आरोपितबाट पीडितलाई २० हजार रुपियाँ भराउने फैसला सुनाएको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार सुवर्ण खनालले बताए ।
पीडित बालिकालाई नेपालीले वैशाख २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको थियो ।