१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१० का २३ वर्षीय दिपेश पाण्डेलाई भदौ २ गते गिरफ्तार गरेको छ ।
काम छ भनी होटलमा बोलाएर साउन ३० गते बलात्कार गरी भागेको पीडितले आरोप लगाएकी छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लमही अस्पतालमा साउन ३१ गते गरिएको छ । पीडित पक्षले साउन ३१ गते इलाका प्रहरी कार्यालयका भालुवाङमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको इप्रका भालुवाङका इन्स्पेक्टर रविन्द्रराज पाण्डेले जानकारी दिए ।