निस्दी गाउँपालिका–४ मित्यालमा स्थानीय ६० वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर यातना दिएको आरोपमा प्रहरीले साउन २८ गते दुई जनालाई गिरफ्तार गरेको छ ।
पूर्वी नवलपरासी विनय त्रिवेणी गाउँपालिका–३ धारादीकी १६ वर्षीया बालिका र पूर्वी नवलपरासीकी मध्यविन्दु नगरपालिका–१४ सारुडाँडाकी १८ वर्षीया गिता काम्मुलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले आपूmहरू विश्वासी धर्मका समर्थक भएको भन्दै साउन १२ गते पीडित महिलालाई कथित बोक्सी आरोपमा समाजका अगाडि शारीरिक यातना दिएको पीडित पक्षको आरोप छ ।
यातना सहन नसकेपछि पीडित महिलाले साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।