INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१६ का ५५ वर्षीय प्रेमबहादुर बिकलाई साउन २० गते गिरफ्तार गरेको छ ।

सामान्य बिरामी रहेकी महिलालाई धामीझाँक्री बसेर झारफुक गर्ने भन्दै आफ्नै कोठामा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा साउन २० गते गरिएको छ । आरोपित बिकलाई प्रहरीले जबरजस्तीकरणीसम्बन्धी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

अन्य

भिडियो