INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा दुर्व्यहार, प्रहरीमा उजुरी

मुखियापट्टि मुसरनिया गाउँपालिका-५ की ३५ वर्षीया सुनितादेवी महतो र ४० वर्षीया मञ्जुदेवी महतोलाई असार ३० गते कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही ठाउँका ५० वर्षीय नरेश महतो र उनका २५ वर्षीय छोरा हरिन्द्र महतो, ३० वर्षीय जिम्दार महतो र २० वर्षीय भरत महतोविरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।

छिमेकीले कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षबाट असार ३१ गते जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेपछि आरोपित नरेश महतोमाथि सार्वजानिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेको एसपी गोविन्द थपलियाले बताए ।

महिलामाथि हातपात तथा कुटपिट गरिएकाले सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको एसपी थपलियाले बताए । कुटपिटका कारण घाइते महिलाहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार गरिएको छ ।

निवेदनको आधारमा प्रहरीले नरेश महतोलाई असार ३१ गते गिरफ्तार गरी घटनाको थप अनुसन्धान गरिरहेको एसपी थपलियाले बताए । प्रहरीमा उजुरी दिएपछि आरोपितहरूले उल्टै धम्की दिएको पीडित पक्षको आरोप रहेको छ ।

अन्य

भिडियो