१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नपा-१ सलेनाका किशोरराम वडलाई ०७५ असार ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७५ जेठ ८ गते बलात्कार गरेको आरोपमा वडलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नेत्रमणी गिरीले बताए ।
बालिकाले आफूलाई बलात्कार गरेको भन्ने जानकारी दिएपछि उनका आफन्तले ०७५ असार २६ गते जिल्ला प्रहरी कार्यालय, बैतडीमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २६ गते जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा गरिएको थियो ।