बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा असार ३० गते विवाद उत्पन्न भई झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते भएका छन् ।
नगरपालिकाको कार्यालय बुङ्गल नगरपालिका-४ बिजगडाबाट झापा सार्ने भन्ने विषयमा विवाद भई ढुङगामुढा गर्दा जिल्ला प्रहरी कर्यालयका इन्स्पेक्टर जनक धामी र स्थानीय विष्णु कुँवर घाइते भएका हुन् ।
नगरपालिकाको कार्यालय सबैलाई पायक पर्ने स्थान बिजगडा भएपनि मेयर धनबहादुर बिष्टले नगर कार्यालय झापा सार्न खोज्दा स्थानीयहरूले नगर कार्यालय घेराउ गरेको र प्रहरीले रोक्न खोज्दा झडप भएको नेपाल कम्युनिष्ट पार्टीका नेता हरि कुँवरले बताए ।
अहिले थप तनावपुर्ण स्थिति सिर्जना नहोस् भनी प्रहरीका सबै पोष्टहरूबाट झण्डै ५० जना थप प्रहरी घटनास्थल पठाएको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुवँरले बताए ।