३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले घोराही उमनपा-२ का ३५ वर्षीय बसन्त चौधरीलाई पाँच वर्षकैदको फैसला गरेको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले असार २४ गते चौधरीलाई दोषी ठहर गर्दै पाँच वर्षकैद र पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको हो ।
पीडित महिलालाई चौधरीले ०७४ असार १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १८ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।