मङ्गलसेन नगरपालिका-७ जनालीकी ३५ वर्षीया निर्मला जैसीलाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति झनकराज जैसीलाई असार १६ गते गिरफ्तार गरेको छ ।
दाउरा प्रहार गर्दा पीडित महिलाको टाउकोमा चोट लागेकाले जिल्ला अस्पताल मङ्गलसेनमा टाँका लगाएर उपचार गरिरहेको पीडित पक्षले जनाएको छ ।
पीडित महिलालाई आरोपितले असार १६ गते बेलुकी कुटपिट गरेपछि घाइते भएकी पीडित महिलाले न्यायको माग गर्दै तत्कालै महिला तथा बालवालिका कार्यालयका कर्मचारीलाई खबर गरेकी थिइन् ।
पीडित पक्षले खबर गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूकेश तण्डुकारले जानकारी दिए ।
घाइते निर्मला स्थानीय बालविकास केन्द्रमा बाल शिक्षककारूपमा काम गरिरहेकी छन् । बहुविवाह गरेका आरोपित वयलपाटा क्याम्पसमा पढाउने गर्छन् ।