INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकारकर्मीको पहलमा बाल बिवाह रोकियो

ताप्ली गाउँपालिका-५ रूपाटारका २६ वर्षीय सूर्जबहादुर खड्का र सोही ठाँउकी १६ वर्षीया एक बालिकाबीच हुन लागेको बालविवाह असार १४ गते मण्डपमै रोकिएको छ ।

वडा बाल संरक्षण तथा सम्बर्द्धन उपसमिति ताप्लीको पहलमा ताप्ली गाउँपालिका-५ रूपाटारमा हुन लागेको विवाह रोकिएको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक मोहनबहादुर बुढाथोकीले बताए ।

बालिकाको उमेर १६ वर्षमात्रै भएकाले बालविवाह हुने भन्दै सम्झाएपछि जन्तीहरू सहमतिमा आएर घर फर्किएको बाल अधिकारकर्मी इन्द्रनारायण श्रेष्ठले बताए ।

अन्य

भिडियो