INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक अपहरण गर्ने खोज्ने प्रहरी नियन्त्रणमा

बुद्धभूमि नगरपालिका-वडा नं १० गगनी गाउँमा असार १ गते मध्यरातमा दुई वर्षीय बालकलाई अपरहण गरी हिँडेको आरोपमा स्थानीयले रामग्राम नगरपालिका-१ नवलपरासीका सुवास हरिजनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।

स्थानीय रामऔतार पासीका दुई वर्षीय छोरालाई गाउँबाट जबरजस्ती बोकेर लैजाँदै गर्दा स्थानीयले देखेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

स्थानीयको खबर पाएलगत्तै उक्त स्थान पुगेको प्रहरीले हरिजनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी नरेन्द्र कार्कीले बताएका छन् ।

अन्य

भिडियो