INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपित गिरफ्तार

शम्भुनाथ नपा-१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गरेको आरोपमा प्रहरीले भारतको बिहार राज्य मधुवनी जिल्ला न्यौर ग्राम पञ्चायतका २३ वर्षीय नसरूल मियाँलाई जेठ १३ गते गिरफ्तार गरेको छ ।

भारतमा भगाई लगेर बालविवाह गरेको भन्दै पीडितका बुवा ४९ वर्षीय बिजली मियाँले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख ३० गते उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयले भारतीय प्रहरीको सहयोगमा आरोपितलाई गिरफ्तार गरी बालविवाह विरूद्धको उजुरी दर्ता गरेको जनाएको छ ।

पीडित बालिकासँग आरोपितले ०७४ चैत २८ गते विवाह गरेका थिए । सामाजिक परम्पराअनुसार दुवै पक्षको सहमतिमा विवाह गरेको भन्दै आरोपितले बालिकाका बुवाले नै उजुरी दिएकोमा आश्चर्य प्रकट गरेका छन् ।

अन्य

भिडियो