१७ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका-३ की २३ वर्षीया जयन्ती भण्डारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ललाईफकाई भारततर्फलैजाँदै गर्दा पीडित बालिकाका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई महाकाली नगरपालिका-८ बाट प्रहरीले गिरफ्तार गरेको थियो ।
उद्धार गरिएकी बालिकालाई अविभावकको जिम्मा लगाइएको र घटनाका बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेठीले बताए ।