INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको कसुरमा घोराही उमनपा-१५ का १९ वर्षीय दिपेन्द्र धानुकलाई जिल्ला अदालत घोराहीले पाँच वर्षकैद गर्ने फैसला सुनाएको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले जेठ १३ गते धानुकलाई दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको हो । घटनाका अर्का आरोपित घोराही उमनपा-१५ का २२ वर्षीय राजु भण्डारी भने फरार रहेकाले उनीसम्बन्धी मुद्दा मुलतवीमा राखिएको श्रेस्तेदार गम्भीर रानाले जानकारी दिए ।

पीडित युवतीलाई आरोपितद्वयले ०७३ माघ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७४ वैशाख २ गते जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पतालमा ०७४ वैशाख २ गते गरिएको थियो ।

अन्य

भिडियो