INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले बन्धक बनाएर राखेको आरोपमा भारतको पिलिभित जानदवाका २४ वर्षीय इन्तजाल अहमद र सोही ठाउँका २० वर्षीय अफजल सोहिब अहमदलाई जेठ १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपित दुवैकाविरूद्ध पीडित बालिकाका अविभावकले जेठ १० गते मानव बेचबिखन तथा ओसारपसार अभियोगमा उजुरी दिएपछि आरोपितद्वयलाई जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका-१० बाट आरोपितहरूलाई गिरफ्तार गरेको थियो ।

पीडित बालिकालाई जेठ ७ गते ललाईफकाई गरी भारतको टनकपुर लगेर एक कोठामा बन्धक बनाएको अवस्थामा बालिकालाई प्रहरीले उद्धार गरेको थियो । उद्धार गरिएकी बालिकालाई अविभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेठीले बताए ।

अन्य

भिडियो