INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय भेदभाव घटनाका आरोपित गिरफ्तार

कथित दलितले लाश छोए स्वर्गबास नहुने भन्दै मृतक छिमेकीको दाहसंस्कारमा सहभागी हुन गएका सात जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-८ दुधेनाकी ४५ वर्षीय बसन्ती आचार्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।

स्थानीय मोहन भण्डारीको छोराको मोटरसाइकल दुर्घटनामा परी जेठ ६ गते मृत्यु भएपछि अन्तिम संस्कारको कार्यक्रममा सहभागी हुन पुगेका छिमेकीहरू ५० वर्षीया राधिका बिक, ४५ वर्षीया पार्वती बिक, ३० वर्षीया हस्ता बिक, ३५ वर्षीया विष्णी टमाटा, ३५ वर्षीया प्रतिमा बिक, ४० वर्षीया हिरा सुनार र ४१ वर्षीया सीता टमाटालाई कथित दलितले छुन नपाइने भन्दै गालीगलौज गर्दै घर फर्काइएको आरोप छ ।

पीडितकातर्फबाट ४१ वर्षीया सीता टमाटाले जेठ ७ गते जातीय भेदभावसहित दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएकी थिइन् ।

तत्काल विरोध र उजुरी गर्दा आफन्त गुमाएका छिमेकीलाई अप्ठेरो पर्नसक्ने भन्दै ७ गते उजुरी दिएको र जेठ ८ गते गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

अन्य

भिडियो