INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नपा-४ का २२ वर्षीय मनोज लिम्बूलाई जेठ ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले उजुरी दिएकै दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार जेठ ३ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो