आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत दाङले बागमारे गाविस-६ घरभई तुलसीपुर नपा-५ बस्ने ६४ वर्षीय कर्ण कामीलाई १० वर्षकैद सजायको फैसला गरेको छ ।
न्यायाधीश चुरामन खड्काको इजलासले भदौ १५ गते कर्णलाई दोषी ठहरगर्दै जेल सजाय गरेको अदालतका श्रेस्तेदार गम्भीर रानाले बताए ।
पीडित बालिकालाई असार १५ गते कामीले बलात्कार गरेको भन्दै पीडित पक्षले असार १५ गते इलाका प्रहरी कार्यालय तल्सीपुरमा उजुरी दिएको थियो ।
प्रहरीले कामीलार्इ असार १५ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १५ गते राप्ती अञ्चल अस्पताल तुलसीपुरमा गरिएको प्रहरीले जनाएको छ ।