१६ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको दिल्ली लैजाँदै गरेको आरोपमा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाका भैरहवाबाट वैशाख २५ गते दिउँसो उद्धार गरेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बर्दिया जिल्ला राजापुर नगरपालिका-४ स्थायी घर भई काठमाडौँ महानगरपालिका-१६ कपन बस्ने ३४ वर्षीय खगेन्द्रप्रसाद पाण्डेलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले राम्रो जागिर लगाइदिने बाहनामा होटलमा लगेर बलात्कार गरी तिमी आउँदै गर म अगाडि पर्खन्छु भनी बालिकालाई अटोरिक्सामा पठाएर आफू पैदल जाँदै गरेको अवस्थामा आरोपितको गतिविधिले बेचबिखनका लागि लैजान लागेको आशंकामा युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २५ गते नै भिम अस्पताल भैरहवामा गरिएको डिएसपी पाण्डेले बताए ।