INSEC Online

📅 २०८३ जेष्ठ २१

२०७१ असोज ७ गते

मिति- २०७१ असोज ७ गते

 

 

प्रेस विज्ञप्ति

न्याय मरेको देश

आफ्ना छोराको हत्यारालाई कारबाहीको माग गर्दै ३ सय ३३ दिनदेखि अनसनरत फुजेल-७, गोरखाका ५६ वर्षीय नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते देहावसान भएको घटनाले हामीलाई दुःखी बनाएको छ । शोकको यस घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

पीडितको न्याय पाउने अधिकारप्रति राज्यले देखाएको निर्लज्जताका कारण नन्दप्रसादको मृत्यु भएको हाम्रो ठहर छ । सरकारी लाचारीपनको पराकाष्टा अधिकारी घटनामा प्रष्ट भएको छ । न्यायको माग गर्दै मृत्युवरण गर्न पुगेको यस्तो दुःखद घटना नेपाली इतिहासमै कहिल्यै भएको थिएन । शान्तिपूर्ण रूपमा आफ्ना माग राख्दै आएका अधिकारी दम्पतीको मागप्रति उदासिन सरकारको लाचारीका कारण गम्भीर घटना भएको भन्न हामीलाई कुनै हिचकिचाहट छैन ।

अधिकारीको अनसनमा सरकारको प्रत्यक्ष निगरानी भए पनि उनको जीवन बचाउन सरकारले उचित पहल नगरेकोमा हामी विश्वस्त छौँ । दिवङ्गत अधिकारीसँगै अनसनरत पत्नी गङ्गामायाको स्वास्थ्य अवस्था गम्भीर रहेकोले उनले जीवन रक्षाका लागि पर्याप्त कदम चाल्न हामी नेपाल सरकारसँग माग गर्दछौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो