२० वर्षीया युवतीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-१ का पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २३ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेमा ५२ वर्षीया कुमाया परियार, २८ वर्षीय राजु परियार, २४ वर्षीय सन्तोष परियार, २० वर्षीया राजकुमारी परियार र ३४ वर्षीया माया परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सई प्रदिप गौतमले बताए ।
पीडित युवतीलाई वैशाख २० गते कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको भनी पिडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा वैशाख २३ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २३ गते भएको प्रहरीले जनायो ।