INSEC Online

📅 २०८३ जेष्ठ २१

२०७२ वैशाख ३ गते

मिति- २०७२ वैशाख ३ गते

हार्दिक श्रद्धाञ्जली

       पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको ८८ वर्षको उमेरमा वैशाख २ गते असामयिक निधन भएको खबरले हामीलाई दु:खी तुल्याएको छ । दिवङ्गत थापाप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ ।

       उहाँ ६ दशकदेखि नेपाली राजनीतिमा सकृय हुनुहुन्थ्यो । पाँचपटक देशको प्रधानमन्त्री भएका थापा संविधानसभाको ज्येष्ठ सदस्य हुनुका साथै पछिल्ला समयमा मुलुकमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यका लागि क्रियाशील हुनुहुन्थ्यो । उहाँको निधनले नेपालले कुशल तथा अनुभवी राजनीतिज्ञ गुमाएको छ । स्वर्गीय थापाको अभाव नेपाली राजनीतिमा सधैँ खट्किरहनेछ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो