INSEC Online

📅 २०८३ जेष्ठ २१

२०७२ भदौ ४ गते

२०७२ भदौ ४ गते

प्रेस वक्तव्य

वेदान्तचार्य ९२ वर्षीय  डा. स्वामी प्रपन्नाचार्यको आज बिहान निधन भएको छ । पूर्वीय दर्शनका अध्येता प्रपन्नाचार्यप्रति हामी सादर श्रञ्द्धाजली व्यक्त गर्दै उहाँका आफन्तजन,अनुयायी एवम् शिष्यहरूप्रति समवेदना प्रकट गर्दछौँ ।

आज नेपालले गम्भीर अध्ययन एवम् विवेचना गर्ने एक विद्वान गुमाएको छ । पूर्वीय दृष्टिकोणका आधारमा उहाँले मानवअधिकारको व्याख्या गर्दै लेख्नुभएको “मानवअधिकार हनन के हो” नामक पुस्तक सबैका लागि प्रेरणादायी रहँदै आएको छ ।

नेपालको पूर्वी पहाड पाँचथरको जनजाति परिवारमा जन्मिनुभएका प्रपन्नाचार्य (काले राई)ले तत्कालीन समाजको मान्यता विरुद्ध सङ्र्घष गरेर वेदको अध्ययन गर्नुभयो । वेदका अर्न्तर्वस्तुको व्याख्या गर्नुभयो । उहाँको सङ्र्घषशील जीवनबाट हामीले प्रेरणा लिन सकौँ ।

उहाँप्रति पुनः श्रद्धाञ्जली !

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल
अध्यक्ष

अन्य

भिडियो