INSEC Online

📅 २०८३ जेष्ठ २१

इँटा भट्टाबाट उद्धार गरिएका बालक अभिभावकको जिम्मामा

भक्तपुरको चाँगुनारायणमा सञ्चालित एउटा इँटा उद्योगमा श्रम गरिरहेका रोल्पाका दुई बालकको उद्धार गरी वैशाख १४ गते अभिभावकको जिम्मा लगाइएको छ ।

रोल्पा नगरपालिका-९ हृवामाका १३ वर्षका दिपक डाँगी र सुबास डाँगीलाई बाल विकास समाज भक्तपुरको सहयोगमा उद्धार गरी आमा बुवालाई जिम्मा लगाएको हो ।

दिपकलाई बुवा गोपाल डाँगीको र सुबासलाई आमा जुनपुरा डाँगीको जिम्मा लगाइएको बाल विकास समाज भक्तपुरका बाल संरक्षण अधिकृत भरत थापाले जानकारी दिए ।

रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसी, रोल्पा नपा-९ का वडाध्यक्ष मिमबहादु घर्ती र विभिन्न सरोकारवालाहरूको रोहबरमा पीडित बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको थापाले बताए ।

पीडित बालकहरू गत चैतमा कक्षा ४ को परीक्षा सकेर इँटा भट्टामा श्रम गर्न पुगेका अभिभावकहरूले बताएका छन् ।

अन्य

भिडियो