INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका–१ बस्ने पति ३३ वर्षीय भिमसेन मग्रातीलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ ।

हत्याको आरोपमा पीडतकी आमा उजेली सार्कीले प्रहरी वृत्त बालाजुमा भदौ ४ गते उजुरी दिनुभएको थियो ।

वरिष्ठ सइ रणझिर जैसीका अनुसार पतीपत्नी दुवैले विगतमा मद्यपान गर्ने गरेको र महिला बेलाबेलामा घरबाहिर बस्ने गरेको निहुँमा आरोपितले करूवा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई गिरफ्तार गरेको थियो ।

शवको पोस्टर्माटम भदौ ४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गरी आमा उजेली सार्कीले बुझ्नु भएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी वृत्त बालाजुका इन्चार्ज डीएसपी ज्ञानबहादुर बिष्टले बताउनु भयो ।

अन्य

भिडियो