INSEC Online

📅 २०८३ जेष्ठ २१

सुटकेसभित्र महिलाको शव फेला

माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुवि देवी साहको शव गौर नगरपालिका–९ स्थित सिर्सिया खण्ड अन्तर्गत मुडवलबा रोड नजिक सुटकेसभित्र राखिएको अवस्थामा ०८२ भदौ ७ गते राति फेला परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

राती करिब १० बजेको समयमा सडकको किनारमा डोरीले बाँधिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु कार्कीले बताउनु भयो ।

शवको पोस्टमार्टम प्रादेशिक अस्पताल गौरमा भदौ ८ गते गरी मृतकको माइती पक्षलाई सदग्तका लागि बुझाइएको उहाँले बताउनु भयो ।

मृतक महिला गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी चार वर्षीय छोरासँगै बस्दै आएकी थिइन् । भारत बिहार मुजफ्फरपुर जिल्ला सकराका ३५ वर्षीय शिवकुमार साहसँग रुवी देवीको विवाह भएको थियो । उनको पति भारतमै बस्ने गरेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो